Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

जनकपुरधाम क्षेत्रभित्र दुई दिन माछा, मासु मदिरा बिक्री बितरणमा रोक

काठमाडौं २ चैत, जनकपुरधाम धनुषा प्रशासनले जनकपुरधाम क्षेत्रभित्र दुई दिन माछा, मासु मदिरा बिक्री बितरण तथा सेवन गर्न रोक लगाएको हो ।
मिथिला परिक्रमाको टोली बिहीबार जनकपुरधाम प्रवेश गर्ने भएकाले बिहीबार र शुक्रबार माछा, मासु, मदिरा बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका हुन ।

पौडेलद्वारा जारी सूचनामा लागूऔषध, मदिरा, भाँग र अन्य उत्तेजक मादक पदार्थ खाएर सबारी साधन चलाउन, हुलहुज्जत गर्न, चर्को स्वरमा बाजा बजाउन र डिजे संचालनमा रोक लगाएको हो ।

यस्तै, होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने जस्ता अराजक कार्य नगर्न पनि अनुरोध गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com