संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/12/15342310941533039757sanghiye_samsad-1701936030.jpg)
मंसिर,२१ काठमाडौं ।संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले प्रतिवेदनमा आफ्नो नाम नराखेको भन्दै अधिकृतमाथि हातपात गरेका छन्। उपसचिव गैरेले अधिकृत सिर्जना तण्डुकारमाथि झापड हानेका छन्।
यो घटना मंगलबार बिहान पौने ११ बजेतिरको हो। ‘मंगलबार बिहान करिब पौने ११ बजेतिर उहाँ सम्पूर्ण विवरण शाखाभित्र छिरेर मैले गरेको काम बिगार्ने तैं होइनस् भनेर अधिकृत तण्डुकारमाथि एक झापड हानेर निस्कनुभयो,’ एक कर्मचारीले बताए । आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकेकी छन्।