Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु

जेठ, ३१ बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरी आफ्नै होटलमा झुण्डिएको अवस्थामा सोमबार राति करिब १ बजे फेला परेकी छन् ।

उनलाई राति २ बजे क्रिमसन अस्पताल मणग्राममा पुर्‍याइएको भए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
मृतकका मामा अमृत गिरीले सुविना झुण्डिएको भनिए पनि माइती पक्ष र आफन्त कसैले नदेखेकाले शंकास्पद रहेको बताए । मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com