Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

ट्याङ्कर पल्टिँदा १ जनाको मृत्यु, २ जना घाइते

चैत्र,२० काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा १ जनाको मृत्यु भएको छ।
मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ७० डीटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको हो। ट्याङ्करमा सवार २ जना घाइते भएका छन्।

घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।

घाइत भएका अर्का १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com