Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।

फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो ।

अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् । फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । एक तस्वीरमा प्रदीप र पार्श्व गायक तरुण सागर सँगै देखिएका छन् ।

स्रोतका अनुसार मुम्बईको एक प्रोजेक्टका लागि प्रदीप यतिबेला भारतमा छन् । तर उक्त फिल्म गर्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन । प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर उछाल कमाइ गरेको थियो ।अनलाइन खबर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com