माओवादीले लहर ल्याउँछ लुम्बिनीमा चक्रमणी

काठमाडौं चैत ३ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता चक्रमणी खनालले लुम्बिनीमय माओवादी पार्टी बनाउने उद्घोष गरेका हुन । आज पार्टिको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका छन ।

लुम्बिनी प्रदेश कमिटी इन्चार्जसमेत रहेका खनालले सदस्यता नविकरणाका क्रममा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका एक लाख १८ हजार सदस्य संख्या रहेको बताएका छन् आगामी स्थानिय तहको निर्वाचनमा माओवादी पार्टीलाई लुम्बिनीमय बनाउने उद्घोष गरेका छन्
Facebook Comment