Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बेलायतका राजा चार्ल्सलाई क्यान्सर : नियमित उपचार शुरु

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रोस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि क्यान्सरको प्रकार खुलाइएको छैन । उहाँको नियमित उपचार शुरु भएको बीबीसीले जनाएको छ ।

७५ वर्षका राजा चार्ल्स सार्वजनिक गतिविधिमा सहभागी नहुने उल्लेख छ । तर बकिङ्गम दरबारले राजा जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको जनाएको छ । लण्डनको एउटा निजी अस्पतालमा यसअघि एक हप्ताभन्दा लामो समय प्रोस्टेटको उपचार भएको र उपचार जारी रहने भएको छ ।

क्यान्सर प्रारम्भिक चरणमा नै पत्ता लागेको विश्वास गरिएको छ । क्यान्सरको उपचारमा कीमोथेरापी पनि हुन सक्छ । त्यसमा क्यान्सरको कोष मार्नका लागि औषधि दिने गरिन्छ ।

त्यसैगरी रेडिओथेरापी विधिबाट उपचार गराउँदा विकिरण दिएर क्यान्सरका कोषहरूलाई नष्ट गरिन्छ । त्यसबाहेक क्यान्सरविरुद्ध निश्चित औषधिहरू पनि दिने गरिन्छ जसले क्यान्सर लागेका कोषहरू पत्ता लगाएर तिनलाई नष्ट गर्छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com