ललितपुरमा गैंडाको खागसहित तीन जना प्रकाउ

जेठ,११ काठमाडौं । गैंडाको खागसहित ललितपुरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका–५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, राप्ती–५ नै घर भई एकान्तकुना बस्ने २४ वर्षीय युवराज घिमिरे र धादिङको रोराङ गाउँपालिका–२ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।
उनीहरुलाई जेठ २ गते ललितपुर प्रहरीले ललितपुरको स्टिल टावर नजिकबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट १४ इन्च २ सेमी गोलाइको २९७ ग्रामको गैंडाको खाग बरामद भएको हो।
Facebook Comment