Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

मोटरसाइकल दुर्घटनामा परि २ जनाको ज्यान गयो

फागुन,१६ काठमाडौं । कोसी लोकमार्गअन्तर्गगत मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित निमुवामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
मोटरसाइकल चालक सप्तरीको सप्तकोसी गाउँपालिका–१ का १९ वर्षीय निशान चौधरी र पछाडि सवार सुनसरीको रामधुनी नगरपालिका–९ का १६ वर्षीय चौधरी दुर्घटनामा परी मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मोरङले बताएको छ ।

हिजो दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com