Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

अमेरिकालाई चुनौती दिन चीनले बनाइरहेछ यस्तो अन्तरिक्ष केन्द्र

चीनले उसको अन्तरिक्ष केन्द्रको निर्माण कार्यमा भइरहेको प्रगतिको विवरण सार्वजनिक गरिएको छ । अमेरिकाले प्रचलित अन्तरिक्ष केन्द्र ‘इन्टरनेसनल स्पेस स्टेसन(आईएसएस) मा सहभागी हुन रोकेपछि चीनले तियानगोङ्ग नामक आफ्नै अन्तरिक्ष केन्द्र बनाउन सुरु गरेको थियो ।

जुन महिनामा चीनले तीन अन्तरिक्ष यात्रीलाई ६ महिनाको लागि सो अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । त्यस यात्रामा प्रयोग हुने शेन्झोउ चौधौं अन्तरिक्षयान आइतबार नै भित्री मंगोलियास्थित ‘जिउक्वान भूउपग्रहीय प्रक्षेपण केन्द्र’ मा पठाइएको चिनियाँ सरकारी भिडियोहरूले लेखेका छन् ।

जुनको मिसनपछि लगतै जुलाईमा चीनले अन्तरिक्ष केन्द्रको प्रयोगशालाको उपकरण पठाउँदैछ । त्यसपछि दोस्रो चरणको उपकरण अक्टोबरमा पठाइने चाइना डेलीले लेखेको छ । अन्तरिक्ष प्रयोगशालाको निर्माण सकिएपछि यहि वर्षको अन्तिममा तियानझाउ ५ कार्गो वाहन र शेन्झोउ पन्ध्रौं प्रक्षेपण गरिने समाचारमा उल्लेख छ ।

गतसाता चीनले तियानगोङ्गको एक नयाँ तस्बिर सार्वजनिक गरेको थियो, जसमा विगतमा सार्बजनिक गरिएका तस्बिरमा भन्दा यानका विशिष्ट हिस्साहरु देखिन्छ । पिपुल्स डेलीकाअनुसार अन्तरिक्ष केन्द्रको क्याबिन ६ जना अन्तरिक्ष यात्रीले ११० क्युविक मिटरसम्मको विस्तारमा काम गर्न सकिने गरि बनाइएको छ ।

तियानगोङ्ग पृथ्वीको सतहबाट झण्डै ४०० किमी माथि रहनेछ र यो अन्तरिक्ष केन्द्रको निर्माण पुरा भएपछि चीन एकल रुपमा अन्तरिक्ष केन्द्र सञ्चालन गर्ने एक मात्र मुलुक हुनेछ । अमेरिकाको मुख्य लगानी रहेको अर्को अन्तरिक्ष केन्द्र आईएसएस बहुराष्ट्रिय सहकार्य परियोजना हो । यसमा अमेरिका, रुस, जापान, क्यानडा र युरोपेली संघका पाँच अन्तरिक्ष केन्द्रको सहभागिता छ ।

चीनले पछिल्लो समय अन्तरिक्ष क्षेत्रमा एकपछि अर्को सफलता हासिल गरिरहेको छ । गत वर्ष उसले मंगलग्रहमा एक अन्तरिक्ष यान प्रक्षेपण गर्न सफल भएको थियो भने त्यसअघि सन् २०१९ मा चन्द्रमा सुदूर भागमा उसले यान अवतरण गराएको थियो । सी जिनपिङको नेतृत्वमा चीनले अन्तरिक्षमा अमेरिकाजत्तिकै शक्ति बन्ने प्रयास तिब्र बनाएको छ ।–ब्लूमवर्गबाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com