लागुऔषध ब्राउन सुगरसहित ९ जना पक्राउ
माघ,१६काठमाडौं । लागुऔषध ब्राउन सुगरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सिरहाको नवराजपुर गाउँपालिका–२ ओम प्रकाश अर्याल, सोही ठाउँका २२ वर्षीय अमित कुमार यादव, सोही ठाउँका २५ वर्षीय देवरा कुमार यादव, लहान नगरपालिका–१२ का ५१ वर्षीय मदनकुमार चौधरी, सोही ठाउँका २३ वर्षीय नरसिंह चौधरी, लहान–५ का २७ वर्षीय इरफान हुसेन, लहान–१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरीको शम्भूनाथ नगरपालिका–१२ का २३ वर्षीय रमेश पासपान, सोही ठाउँका २२ वर्षीय सुरेशकुमार पासवान छन्।