Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

विजयी जुलुसमा हिँडेको ट्याक्टर दुर्घटना, १३ जना घाइते

जेठ,५ काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । आज २ च १४३७ नम्बरको ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हुँदा १३ जना घाइते भएका हुन् । ट्याक्टर एमालेको जुलुस लिएर जाने क्रममा ट्याक्टर पल्टिएको र १३ जना घाइते भएको स्थानीयवासीले बताएका छन् ।

घाइते भएका २६ वर्षीय जालन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com