Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

राष्ट्रिय सभा निर्वाचन : बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान

राष्ट्रिय सभाका १९ सिटका लागि आज बिहान ९ बजेदेखि मतदान सुरू भएकाे छ । सातवटै प्रदेशका मतदान स्थलमा एकसाथ मतदान सुरू भएको निर्वाचन आयोगले जनाएकाे छ । निर्वाचन आयोगका अनुसार आगामी २० फागुनमा रिक्त हुने २० मध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो ।

आयोगका अनुसार १९ सिटका लागि ५१ जनाको उम्मेदवारी छ । एक सिटमा भने राष्ट्रपतिले मनोनीत गर्नेछन् ।  मतदानका लागि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म समय तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

निर्वाचनमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत र नेमकिपा गरी आठ दलबाट ५१ उम्मेदवार मैदानमा छन् । निर्वाचनमा सत्तारूढ दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन् । त्यस्तै, एमाले र राप्रपाले पनि सहकार्यको सहमति गरेका छन् । अन्य दल एक्ला–एक्लै प्रतिस्पर्धामा छन् । 

निर्वाचनमा प्रदेश सभाका पाँच सय ४९ सांसद र एक हजार चार सय  ९८ पालिका प्रमुख–उपप्रमुखले मतदान गर्दै छन् । निर्वाचन आयोगले एक प्रदेश सांसदबराबर ५३ र पालिकाको एक जनप्रतिनिधिबराबर १९ मतभार कायम गरेको छ । आयोगको तथ्यांकअनुसार निर्वाचनमा कुल मतभार ५७ हजार पाँच सय ५९ छ । मतभारमा सातै प्रदेशमा सत्तागठबन्धन अगाडि छ । नयाँ पत्रिका

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com