Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

केन्द्रिय समितिमा बैठकका एजेन्ड तय गर्ने

जनता समाजवादी पार्टी जसपा को कार्यकारिणी समितिको बैठक बस्दै छ ।भोली बस्ने संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि जसपाको बैठक बसेको हो । यही फागुन १४ गतेदेखि बसेको कार्यकारिणी समितिको बैठकले तय गरेको एजेन्डामाथि छलफल सुरु भएको हो ।

तर बैठकमा नेताहरुको बीचमा कुरा नमिल्दा सहमतिका लागि अध्यक्ष उपेन्द्र यादव, परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी हो । तीन नेताको बीचमा सहमति जुटेपछि आज कार्यकारिणी समितिको बैठक बसेको छ। बैठकले परिषद् तथा केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गर्नेछ ।

पार्टी समायोजन, कार्यविभाजन कार्यकारिणी समिति विस्तार, पदाधिकारी चयन, कार्यकारिणी अध्यक्षलगायतका विषयमा अध्यक्ष यादव र परिषद्का अध्यक्ष भट्टराईबीच आन्तरिक विवाद रहेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com