Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

एमालेको पोलिटब्युरो बैठक सुरु

काठमाण्डौ ( नेकपा ९एमाले० को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि केन्द्रीय कमिटीमा पेस गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुहुने छ । यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ।

एमालेले मङ्सिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई केन्द्रित गरी सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेस गर्ने प्रतिवेदनमाथि पोलिटब्युरो सदस्यले धारणा राख्नेछन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com