Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

महानगरपालिकाको मेयर पदमा धनराज आचार्यको अग्रता

जेठ, ७ काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३९ मत पुर्‍याएका हुन्।

हालसम्म ८० हजार १ सय ५४ मत गणना सम्पन्न हुँदा आचार्यले ३२ हजार ४ सय ८० मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले २९ हजार ४१ मत ल्याएर पछ्याईरहेका छन्।

त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार ५ सय २० र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार २ सय ४९ मत प्राप्त गरेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com