Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बञ्चरेडाँडामा फोहर लैजाने गाडीलाई फेरि अवरोध

भदौ,२ काठमाडौं । हिजो सहमति भए पनि बञ्चरेडाँडामा फोहर लैजाने गाडीलाई स्थानीय बासिन्दाले फेरि अवरोध गरेका छन् ।
हिजो पक्राउ परेका व्यक्तिको रिहाइ र अस्ति घाइते भएका व्यक्तिको उपचार खर्च बेहोर्न माग गर्दै उनीहरुले बिहान फोहर बोकेर गएका गाडीलाई बाटोमै रोकेका छन् । उनीहरुले आफ्नो माग सम्बोधन भएपछि मात्रै फोहर विसर्जन गर्न दिने बताएका छन् । अहिले स्थानीय बासिन्दासहित त्यहाँका जनप्रतिनिधिलगायत सरोकारवालाहरुको सर्वदलीय बैठक बस्दैछ ।

बैठकले फोहर विसर्जन कसरी गर्न दिने भन्ने बारेमा निर्णय गर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिकाले पनि उनीहरुको निर्णयलाई पर्खने भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com