Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

घुस दिन खोजेको आरोपमा एक जना पक्राउ

भदौ,२३ काठमाडौं । प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ।
काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

धादिङ निलकण्ठ नगरपालिका-४ घर भई बसुन्धरा बस्ने ३३ वर्षीय कृष्णबहादुर विक पक्राउ परेका छन्।
राति बिष्णुमती पुलमा प्रहरी प्रभाग गोंगबुबाट प्रहरी सहायक निरीक्षक (असई) सञ्जमान तामाङ सहितको टोली चेकिङमा खटिएको थियो। बा ३ प ७००५ नम्बरको मोटरसाइकलमा विक आएका थिए। मोटरसाइकल रोकेर चेक गर्ने क्रममा उनले प्रहरीलाई एक हजार रुपैयाँ दिएपछि पक्राउ गरेको परिसरले जनाएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com