Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन

कर्णाली प्रदेशमा गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन समिति गठन गरेको हो ।

समितिमा प्रदेश मन्त्रीहरु, प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, नेपाली सेनाको पश्चिम कमाण्डपति, प्रदेश सचिवहरु, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल ६ नं महेश्वरी वाहिनीपति, प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक, अनुसन्धान निर्देशक, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य तथा प्रदेश सचिव प्रेमप्रसाद आचार्य सदस्यसचिव रहेका छन् ।

बैठकले जेठ १४ गते सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, मुख्य बजार सरसफाइ गर्ने, जेठ १५ गते बिहान ७ बजे मङ्गलगढी चोकदेखि पीपल चौतारी हुँदै प्रभातफेरी गरी सुर्खेत सभा हलमा पुगेर समारोह आयोजना गर्ने, जेठ १६ गते अन्तर संवादको आयोजना गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com