Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

फागनु, ३० काठमाडौं । सल्यानमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । बनगाड कुपिण्डे-९, स्वाराका अन्दाजी ४० वर्षीय चित्रबहादुर रावतको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

जंगलमा सिकार खेल्न गएका बेला सोही ठाउँका आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर पेट र घाँटीमा चोट लागेर गम्भीर घाइते भएका चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com