Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

केराको मूल्य हालसम्मकै उच्च दर्जनको झण्डै २०० रूपैयाँ

२ वैशाख, काठमाडौं । नेपाली बजारमा पाकेको केराको खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । कालीमाटी तराकारी तथा फलफूल बजार विकास समितिकाअनुसार केही दिनयता प्रतिदर्जन पाकेको केराको थोक मूल्य १६० रुपैयाँसम्म पुगेको छ ।

खुद्रा बजारमा दर्जनमै करिब २०० रुपैयाँ नजिक पुग्न थालेको छ ।
थोकमै १६० रुपैयाँ पर्ने प्रतिदर्जन केराको मूल्य खुद्रामा भने अझै बढी हुने श्रेष्ठको भनाइ छ । पछिल्लो दुई सातादेखि केराको मूल्य बढी रहेको उनले बताएका छन ।
चैत दोस्रो सातासम्म प्रतिकिलो १२० रुपैयाँ दर्जन रहेको केराको मूल्य वैशाख २ गते १५० देखि १६० रुपैयाँ थोकमा मूल्य कायम भएको छ ।

नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अनुसार केराको मूल्य अझै महँगो हुनेछ । केरामा नेपाल भारतमा पर्ण जस्तै निर्भर रहेको र भारतको आयात रोकिंदा नेपालमा मूल्य बढेको संघका महासचिव विनोद पाण्डेले बताए ।

करिब डेढ महिना केरा आयातलाई १०० प्रशित नगद मार्जिनको व्यवस्था गरिए पनि चैत २१पछि भने एलसी नै रोकिएको उनले बताए । बजारमा अहिले बिक्रीमा रहेको केरा यसअघिकै एलसीबाट आएको हुनाले अब नयाँ आयात रोकिंदा मूल्य मात्रै नभई बजारमा केराको अभाव समेत हुने पाण्डेले बताए ।

राष्ट्रिय फलफूल विकास केन्द्रकाअनुसार आव २०७६र०७७ सम्म नेपालमा वार्षिक १६ हजार ६१५ हेक्टर क्षेत्रफलमा २ लाख ७८ हजार ८९० मेट्रिकटन केरा उत्पादन हुन्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com