Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

दक्षिण कोरियाविरुद्ध सहज जितसँगै ब्राजिल क्वार्टरफाइनलमा

काठमाडौं । अन्तिम १६ को खेलमा सोमबार दक्षिण कोरियालाई ४–१ ले पराजित गर्दै ब्राजिलले कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

कतारको रंगशाला ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउँन भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाक्वेइटाले गोल गरे । दक्षिण कोरियाका सेयुङ हो पाइकले सान्त्वाना गोल फर्काए । ब्राजिलले चारै गोल पहिलो हाफमा गरेको हो ।

खेलको सातौं मिनेटमा भिनिसियस जुनियरको गोलमा ब्राजिलले अग्रता बनाएको थियो । १३औं मिनेटमा नेइमारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

दक्षिण कोरियाका हुन ह्वान किमले १८ यार्ड बक्सभित्र रिचार्लिसनमाथि फाउल गरेपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो । जसमा नेइमारले कुनै गल्ती गरेनन् ।

२९औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको अग्रतालाई ३–० मा पूर्याए । यस्तै, ३६औं मिनेटमा पाक्वेइटाले गोल गर्दै ब्राजिललाई ४–० को सहज अवस्थामा पुर्याए ।

दक्षिण कोरियाका पाइकले ७६औं मिनेटमा गोल गरे पनि टिमको हार टार्न सकेनन् ।
विश्वकपको प्रिक्वार्टरफाइनलमा ब्राजिल सन् १९९० यता अपराजित छ । १९९० मा भने ब्राजिल अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो ।

दक्षिण कोरियालाई हराएसँगै ब्राजिलले सेमिफाइनल प्रवेशका लागि क्रोएसियासँगको भेट पक्का गरेको छ । क्रोएसियाले पनि सोमबारै भएको खेलमा अर्को एसियाली मुलुक जापानलाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।१२ खरी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com