Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

facebook sharing button

अर्घाखाँची । अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीय टेकराज भुसालले बताए । दुर्घटनामा  पणेना–१ की कपिला खनाल पोख्रेल र शर्मिक पोख्रेल घाइते भएका छन् । उनीहरुको सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com