Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पहिराेका कारण बेसीसहर–चामे सडक पुनः अवरुद्ध

लमजुङ – पहिराेले बेसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडक खण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराेले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । 

 कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भन्नुभयो, ‘यस सडकअन्तर्गत बेसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका वडा नं ४ मा रहेकाे तीन ठाउँमा पहिरो गएको छ ।’ याे पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उहाँको भनाइ छ ।

यी ठाउँमा ठूला–ठूला ढुङ्गासहितको पहिराेले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ । सडक अवरुद्ध भएसँगै गाडी सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् । यसअघि गएकाे आइतवारसमेत नासों गाउँपालिका–१ तालडाँडामा पहिराेले सडक अवरुद्ध बनाएको थियो । 

त्यस्तै छ दिनअघिसमेत यस सडकको विभिन्न ठाउँमा पहिराेले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक–पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ । सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन् ।

६५ किलोमिटरको याे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी रहेको छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com