थप २७ जनामा कोरोना संक्रमण पुष्टि

असोज,२४ काठमडौं । पछिल्लो २४ घन्टामा देशभर २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २७ जनामा संक्रमण पुष्टि भएको हो।
एक हजार ५४६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
८६७ जनाको पिसिआर र ६७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
Facebook Comment