Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

जुम्लाको तातोपानीमा भ्यान दुर्घटना हुँदा १० जना घाइते

काठमाडौ २९ चैत । जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले सदरमुकाम खलंगाबाट कालिकोटको नाग्मका लागि छुटेको भे १ ज १२२० नम्बरको जिप दुर्घटना भएको जानकारी दिए । उनका अनुसार भ्यानमा १० जना यात्रु थिए ।

घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइँदैछ । केही सामान्य घाइते छन् । केही यात्रुलाई गम्भीर चोट लागेको देखिएको छ ।
तीव्र गतिमा आएको भ्यान सिधै सडकबाट खोलामा गएको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com