Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकको मृत्यु

पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ। बुधबार बागमती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती–१ करौंजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

बा ६० प ९४९१ नं को मोटरसाइकलको पछाडि बसेका राईको मृत्यु भएको छ, इलाका प्रहरी कार्यालय फाँपरबारीका प्रहरी निरीक्षक कमल लङ्देलीले जानकारी दिए। उनका अनुसार मोटरसाइकल चालक सामान्य घाइते भएका छन्। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com