Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अर्जेन्टिनामा आँधीका कारण १४ जनाको ज्यान गयाे

अर्जेन्टिनामा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । अरु १४ जनाभन्दा धेरै घाइते भएका छन् । यस्तै, छिमेकी देश उरुग्वेमा दुई जनाको ज्यान गएको छ ।

एक सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधी र मुसलधारे वर्षाले रुखहरु ढाल्नुका साथै विभिन्न संरचना भत्काउँदा जनधनको क्षति भएको अजेन्टिनाका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आँधीका कारण पूर्वी अर्जेन्टिनाका धेरै ठाउँमा विद्युत् सेवा बन्द भएको छ ।

मौसम तथा आपत्कालीन विभागले आज ब्यूनस प्रान्तमा चेतावनी जारी गरेको छ । आँधीका कारण हवाई तथा सडक यातायात पनि प्रभावित भएको छ । एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com