Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

खाँडाचक्र नगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित

जेठ, २ काठमाण्डौ । कालीकोटको खाँडाचक्र नगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् ।

शाहीले २९१९ मत पाएर मेयरमा विजयी भएका हुन् । हाँस चिह्नमा चुनाव लडेका शाहीले प्रतिस्पर्धी एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गरे । पाण्डेले २००९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका ताराकुमारी शाहले १७९३ मत पाएकी छन् ।

स्वतन्त्र चिह्न लिएर मेयर निर्वाचित भएका कमलबहादुर नेकपा एकीकृत समाजवादीका कालीकोट जिल्ला उपाध्यक्ष हुन् । शाहीलाई माओवादी केन्द्रले सहयोग गरेको थियो ।

खाँडाचक्रको उपमेयरमा भने माओवादी केन्द्रका गणेशबहादुर शाही निर्वाचित भएका छन् । उनले २९२६ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेलेकी मिनाकुमारी शाहीले २३९९ र कांग्रेसका नेत्रबहादुर शाहीले १५८६ मत पाए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com