Yeti Khabar

२०८१ जेष्ठ १०, बिहीबार - Thu May, 2024 -

जङ्गली च्याउ खाँदा रोल्पामा आमा र दुई छोराको मृत्यु

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका-५ काला पोखराका ३३ वर्षीया भीमा गुरूङ र उनका छोराहरू ११ वर्षीय सुशील गुरूङ तथा ६ वर्षीय प्रेम गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com