Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

रुपन्देहीमा गठबन्धनको प्यानल नै विजयी

असार, ४ काठमाडौं । जिल्ला समन्वय समिति रुपन्देहीमा सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ।
आज सम्पन्न निर्वाचनमा समितिको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उमाकान्त चापागाईँ २० मत ल्याइ विजयी भएका हुन्।

सत्तारूढ दलहरूले गठबन्धन गरेर जाँदा एमाले भने एक्लै निर्वाचनमा उभिएको थियो। चापागाईँले २० मत ल्याउँदा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याएका छन्।

रुपन्देहीका १६ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी समितिको निर्वाचनमा ३२ जनाले भाग लिएका थिए। त्यस्तै उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत ल्याएर बिजयी हुँदा एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत ल्याएकी थिइन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com