Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

फ्रान्समा कैदी बोकेको गाडीमा आक्रमण, दुई जना प्रहरीको ज्यान गयो

फ्रान्सको नर्मन्डी क्षेत्रमा कैदी बोकेको प्रहरीको गाडीमा आक्रमण भएको छ । नर्मन्डीमा कैदीलाई अदालतबाट कारागार लैजाँदै गर्दा भएको आक्रमणमा दुई जना प्रहरीको ज्यान गएको थियो । यो घटनामा अरु तीन जना घाइते भएका छन् ।

गाडीमा आक्रमणपछि कैदीहरू फरार भएका छन् । आक्रमणको कारण र फरार कैदी कति छन् ? खुल्न सकेको छैन । आक्रमण गर्ने र फरार कैदीको खोजी भैरहेको छ । यसका लागि सयौं प्रहरी परिचालन गरिएको फ्रान्सको सुरक्षा निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

प्रमुख ठाउँहरुमा गाडी रोकेर जाँच भैरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले दोषीहरू पत्ता लगाउन कुनै कसर नराखी काम गर्न निर्देशन दिनुभएको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com