Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जुम्लामा जेठ १ गते मतदान हुने

३१ वैशाख,काठमाडौं । जुम्ला गुठिचौर गाउँपालिका-३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते पुनस् मतदान हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

मतदानस्थलमा ढुंगामुढा भएपछि सर्वदलीय वैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । १००७ मतदात रहेको यो केन्द्रमा ३२० खसेपछि झडप भएको थियो ।
गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुँदासम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com