Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

युक्रेनमा रुसको मिसाइल आक्रमण : बालिकासहित ७ जनाको ज्यान गयो

रुसले युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा मिसाइल आक्रमण गर्दा ६ वर्षीया बालिकासहित कम्तीमा ७ जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

युक्रेनको आन्तरिक मामिला मन्त्रालयले विज्ञप्ति निकालेर रुसले सीमा क्षेत्र नजिकैको सहरमा विश्वविद्यालय र नाटकघरसहितका भवनमा हिजो आक्रमण गरेको जनाएको छ । यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने स्वीडेनको भ्रमणमा हुनुहुन्छ ।

युक्रेनका लागि संयुक्त राष्ट्र सङ्घीय मानवीय समन्वयकर्ताले चेर्निहाइभ सहरको केन्द्रमा भएको रूसी आक्रमणलाई जघन्य घटना भन्दै आक्रमणको निन्दा गरेका छन् । राष्ट्र सङ्घीय मानवीय संयोजक डेनिस ब्राउनले युक्रेनको जनघनत्व भएको क्षेत्रमा रूसी आक्रमणको भर्त्सना गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com