Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

२८ वर्षीय भरत जोशी बने मेयर, भन्छन्- मैले काम गरे भोलि अर्को युवाले पनि आँट गर्छ

जेठ,४ काठमाडौं । डडेल्धुराको पर्शुराम नगरपालिकामा मेयरमा कांग्रेसका २८ वर्षीय भरत जोशी निर्वाचित भएका छन्।
जोशी बलिया प्रतिस्पर्धी माओवादीका शेरसिंह माललाई हराउँदै मेयरमा विजयी भएका हुन्।
जोशीले ५ हजार ९ सय ४१ मत पाए भने मालले ५ हजार ८ सय ५ मत पाए।

जोशी माललाई १ सय ३६ मतले पछि पार्दै मेयरमा विजयी हुन सफल भए।
नगरपालिकाका १२ नम्बर वडाको मतणनाका क्रममा जोशी र मालबीच निकै प्रतिस्पर्धा थियो।
यस्तै, उनीसँगै अघिल्लो चुनावमा नगरपालिका-७ नम्बर वडामा चुनाव जितेका एमालेका केशव बोहरा पनि प्रतिस्पर्धामा थिए।

उनी भने २ हजार ६ सय ६ जति मत ल्याएर तेस्रो भएका छन् यस्तै नगर उपप्रमुखमा माओवादीकी विमला महताले ५ हजार ८ सय ८५ मत प्राप्त गर्दै विजयी भएकी छन्।

उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ४ हजार ५९३ र एमालेका उम्मेदवारले ३ हजार २ सय ९६ मत प्राप्त गरेर पराजित हुन पुगे।
कतिपय स्थानीय तहमा सत्तारूढ गठबन्धनले तालमेल गरेर चुनावी लडे पनि यहाँ भने कांग्रेस, एमाले, माओवादीले एक्लाएक्लै चुनाव लडेका थिए।
२०७४ को चुनावमा कांग्रेसका भिमबहादुर साउँदले मेयरमा जितेका थिए।
जोशीको जितसँगै यस पटक पनि पर्शुरामको प्रमुखमा कांग्रेसले नै नेतृत्व लिएको छ।

कांग्रेसको १४ औं महाधिवेशनम नगरपालिकामा सभापति जितेका थिए।
वायुमण्डलीय भौतिक शास्त्रमा मास्टर्स गरेका जोशीले त्यसअघि वडा अध्यक्ष, नेपाली कांग्रेस गाविस सभापति र जिल्ला उपसभापति समेत भइसकेका धर्मानन्द भट्टलाई हराउँदै नगर सभापतिमा चुनाव जितेका थिए।

नगरसभापति बनेपछि उनले यस निर्वाचनमा मेयरका लागि चुनाव लड्न उम्मेदवारी दर्ता गराएका थिए।
जोशी राजनीतिको पुरानो ढर्रालाई परिवर्तन गरेर युवाले देश हाँक्न सन्देश दिन राजनीतिमा प्रवेश गरेर स्थानीय तहको नेतृत्व लिएको बताउँछन्।
‘मैले पार्टीको नगरसभापति जितेपछि काम गरेर देखाउने हो भनेको थिए, राजनीतिलाई फोहोरी खेलका रूपमा नभई, काम गरेर देखाएपछि राजनीतिलाई हेर्ने दृष्टिकोण फरक हुन्छ, युवाको मनमा गाउँ, समाज, राष्ट्रको जिम्मेवारी बहन गराउने इच्छाभाव जाग्छ। मैले काम गरे भोलि अर्को युवाले पनि आँट गर्छ,’ उनले भने।

राजनीतिमा आउने भनेको पैसा कमाउन मात्रै हुन् भन्ने सोचलाई उनले काम गरेर परिवर्तन गर्ने बताए।
कोरोनामा घर फर्केका उनले गाउँको सामाजिक र पूर्वाधार विकास गर्न महत्त्वपूर्ण एजेन्डामा पनि बनाएका छन्।
गाउँमै एसएलसीसम्म पढेका उनले आइएससी पढ्न महेन्द्रनगर र बिएससी पढ्न काठमाडौं गए। बिएससी फिजिक्स त्रिचन्द्र कलेजबाट गरेपछि तीन वर्षे मास्टर्स चीनबाट गरे।

अध्ययनका लागि २०१६ देखि २०१९ सम्म उनी चीनमा थिए।
स्कुले जीवनदेखि नै समाजसेवामा चासो देखाउने भरत जुनियर रेडक्रस सर्कल हुँदै सामाजिक क्षेत्रमा आए।

राजनीति गर्न भने उनले त्रिचन्द्र क्याम्पसमा सिकेका हुन्। २०६८ मा त्रिचन्द्रमा नेविसंघको सदस्य भए।
आफ्नो नगरका जनताले दिएको जिम्मेवारीलाई हरदम पूरा गर्न लागि पर्ने उनको लक्ष्य छ।
मेयर बन्दा खुसी र डर दुबै छ, काम गरेर देखाउने हो,उनले भने। सेतोपाटीबाट प्रकाशित

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com