Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

स्ववियु निर्वाचन: सुदूरपश्चिमका अधिकांश क्याम्पसमा अनेरास्ववियु विजयी

धनगढी– त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा भएको स्वतन्त्र विद्याथी युनियनको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका अधिकांश क्याम्पसमा नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का उम्मेदवार निर्वाचित भएका छन्।

आइतबार सम्पन्न मतदानको सोमबार विहानसम्म २२ क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा बैतडी, बझाङ, दार्चुला र कैलालीमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका हुन्।

बैतडीको नवप्रभात बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी रेखा घटाल, श्रीकोट बहुमुखी क्याम्पसमा शम्भुराज गिरी र सेटीगाउँ बहुमुखी क्याम्पसमा मोहन बोहरा निर्वाचित भएका छन्।

बझाङको थलारा बहुमुखी क्याम्पसमा महेश जेठारा, सेती क्याम्पसमा लक्ष्मण गिरी र सुनकुडा क्याम्पसमा दिलीप अधिकारी निर्वाचित भएका छन् भने दार्चुलाको कृष्ण स्नातक क्याम्पसमा हेमन्ती जोशी निर्वाचित भएका छन्।

कैलालीको ९ वटा क्याम्पसमा भएको निर्वाचनमा सोमबार विहानसम्म सार्वजनिक भएका मतपरिणाम अनुसार ५ वटा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन्।

कैलालीको बुलबुले बहुमुखी क्याम्पसमा पुष्पा खाती, खप्तड बहुमुखी क्याम्पसमा पुष्कर अवस्थी, चौमाला बहुमुखी क्याम्पसमा हरेन्द्र बुढा, लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सना, ऐश्वर्य बहुमुखी क्याम्पसमा कुबेर खड्का निर्वाचित भएका छन्।

कञ्चनपुरको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसमा दिलेन्द्र प्रशाद बडु र कञ्चन बहुमुखी क्याम्पसमा देव बहादुर साउँद निर्वाचित भएका छन् भने डोटीको खप्तड आदर्श क्याम्पसमा श्याम विक निर्वाचित भएका छन्।

यस्तै, डडेलधुराको डडेलधुरा बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका उम्मेदवार दुर्गा प्रसाद भट्ट निर्वाचित भएका छन्। कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा पनि नेवि संघकै कृष्णराज जोशी र महाकाली बहुमुखी क्याम्पसमा निरज भण्डारी निर्वाचित भएका छन्।

डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसमा नेवि संघका निर्मल बम निर्वाचित भएका छन्।
माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले अहिलेसम्म प्रदेश ३ वटा क्याम्पसमा स्ववियु सभापति जितेको छ।
कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका अर्जुन खत्री, कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसमा सरस्वती तिरुवा र जनता बहुमुखी क्याम्पसमा मनोज साउद निर्वाचित भएका हुन्।नेपाल लाइभ बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com