Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण ५० भन्दा बढी गाउँ डुबानमा

पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण ५० भन्दा बढी गाउँ डुबानमा परेका छन् । बलुचिस्तानबाट अचानक आएको बाढी सिन्ध प्रान्तमा प्रवेश गरेपछि पहाडी ५० भन्दा बढी गाउँ डुबानमा परेका हुन् ।

प्रभावित क्षेत्रका जनता आफ्नो ज्यान जोगाउन पहाड र सुरक्षा घाटमा शरण लिन बाध्य भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
विशेष गरी बलुचिस्तानमा यस वर्षको मनसुन मौसममा अप्रत्याशित रूपमा भारी वर्षा परेको छ । अबिरल वर्ष र बाढीले अहिलेसम्म बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ७ बालबालिका र एक जना महिला छन् ।

खैबर पख्तुनख्वा प्रान्तमा १० जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com