Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बिबिसीका दिल्ली र मुम्बई अफिसमा आयकर विभागको खानतलासी

भारतको राजधानी नयाँदिल्ली र मुम्बईमा रहेका ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) का कार्यालयमा मंगलबार दिउँसो भारतीय सरकारी अधिकारीहरूले खानतलासी गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको आयकर विभागका कर्मचारीहरूले एकैसाथ बिबिसीका दुई कार्यालयमा खानतलासी गरेका हुन्। खानतलासीको क्रममा केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको एनडिटिभीले जनाएको छ।

केहीदिन बिबिसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे आफूले बनाएको वृत्तचित्र सार्वजनिक गरेको थियो। उक्त वृत्तचित्रमा मोदी गुजरातका मुख्यमन्त्री हुँदा भएको हिन्दु-मुस्लिम दंगामा उनको भूमिकाबारे पनि देखाइएको छ। मोदीबारेको उक्त वृत्तचित्र प्रसारण गर्न भारतले प्रतिबन्ध लगाएको थियो। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com