Yeti Khabar

२०७९ मंसिर १९, सोमबार - Mon Dec, 2022 -

पार्टी प्यालेसमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा

२७ चैत काठमाडौंको खुसिबु नयाँबजारस्थित पार्टी प्यालेसमा लागेको आगो झन्डै तीन घण्टापछि नियन्त्रणमा आएको हो।
आज साँझ ५ बजेतिर पार्टी प्यालेसको भण्डार कोठा र भान्साकोठामा अचानक लागेको आगो ८ बजेतिर नियन्त्रणमा आएको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौं महानगरपालिका १७ खुसिबु नयाँबजारस्थित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसमा आगलागी भएको हो।
विवाहको लागि खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रहरी उपरीक्षक मैनालीले बताए।

प्रहरी उपरीक्षक मैनालीका अनुसार करिब ४५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। उनले मानवीय क्षति नभएको बताए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com