Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

६ महिनामा प्रहरीले खोजेर बुझायो २ सय ५२ वटा मोटरसाइकल

काठमाण्डाै – नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारेर धनीलाई बुझाएकाे छ । विभिन्न मितिमा हराएका दुई पाङ्ग्रे गाडी चालु आर्थिक वर्षको ६ महिनामा फेला पारेर धनीलाई हस्तान्तरण गरिएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ ओटा माेटरसाइकल, स्कुटर र माेफेट धनीलाई जिम्मा लगाइएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रवार हिजाे मात्रै  १७ वटा दुईपाङ्ग्रे गाडी खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले अवैध रुपमा नेपाल भित्रिएका १२ वटा गाडी भन्सार कार्यालयमा बुझाइएको भट्टले बताउनुभयो । चालु आर्थिक वर्षको अहिलेसम्म चोरीका २० गाडीसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।काठमाण्डाै उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालीमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बूढानीलकण्ठ, चुनदेवी, फर्पिङ, नयाँबसपार्कलगायत ठाउँमा दुईपाङ्ग्रे गाडी फेला पारेको थियो ।

गाडी हराएमा ट्राफिक प्रहरीको हटलाइन नं १०३, नेपाल प्रहरीको हटलाइन नं १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com