Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

संसद वैठक संचालन नहुदा रवि लामिछानेको आक्रोश

साउन २२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका हुन ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो । ४ बजेका लागि सारिएको बैठक पनि अहिले सम्म पनी सुरु भएको छैन । यस सन्दर्भमा रास्वपा सभापति लामिछानेले आक्रोश पोखेका हुन् ।

‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दु.खद हो ।

सत्तारुढ दलहरु सरकारले जारी राखेको अनुसन्धान एउटा टुंगोमा नपुगी अर्को समिति बनाउन तयार भएका छैनन् । यही विषयमा कुरा नमिल्दा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रभावित हुँदै आएको छ ।

एमालेले यस प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर साउन १० गते देखि संसदीय संसदको दुवै सदनको बैठक बस्न दिएको छैन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com