Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

तनहुँमा रड प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

कार्तिक,२६ काठमाडौं । तनहुँमा रड प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ एक युवक पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बस्ने देवघाट गाउँपालिका-२ क्वादी घर भएका २४ वर्षीय विरम आलेको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने सर्लाही गौरीशंकर नगरपालिका-५ बगरवा घर भएका २५ वर्षीय नवीन कुमार चौधरीलाई हिजो प्रहरीले पक्राउ गरेको छ ।

शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित रिमाल अटो केयरमा काम गरिरहेको अवस्थामा आलेलाई चौधरीले एक्कासि रडले प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com