Yeti Khabar

२०८० जेष्ठ २३, मंगलवार - Tue Jun, 2023 -

बहु प्रतिभासाली कलाकार जयनन्द लामाको निधन

फागुन ११, २०७८ काठमाडौँं
बहु प्रतिभासाली कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए । उहाँ ६५ वर्षको हुनुहुन्थ्यो ।

बिहान दूध पुर्‍याउन जाने मान्छेले देखेर प्रहरीलाई खबर गरेको अभिनेता कृष्ण मल्लले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।
उनले मनको बाँध छक्कापञ्जाुलगायतका चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय उनले हास्य टेलिश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।

अहिले पोस्टमार्टमका लागि भक्तपुर लैजान लागिएको थापाले जानकारी दिए ।लामाले कलकत्ते काइँयो, चुईंचुईं चुइँकने जुत्ता, मूलाको चनालगायतका चर्चित गीत गाएका थिए।

 

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com