Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

कंगोमा शान्ति मिसनमा नेपाली सैनिकको मृत्यु

कंगो शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।
घाइते भएका सुर्खेत जिल्ला, गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङलाई हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको सेनाले जानकारी दिएको हो ।

नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा प्रधान सेनापति प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट गुरुङको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गरेका छन् । यस घटनाबाट सिंगो नेपाली सेनालाई नै स्तब्ध बनेको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यता राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समेत समवेदना व्यक्त गरेका छन् ।

शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com