Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

जलवायु परिवर्तनको असरले अन्टार्कटिकामा बरफ कम हुन थाल्यो

काठमाण्डौ – वैज्ञानिकहरूले अन्टार्कटिकामा कहाँ र कहिले बरफ पग्लिन थाल्छ भन्नेबारे पहिलाभन्दा राम्रो र धेरै जानकारी पाउन सकेको बताएका छन् । उनीहरुले बरफको सतहमा ढिक्काको आकार परिवर्तन भएर हिमनदी बन्ने ठाउँमा चिन्ह लाग्ने कुरा पत्ता लगाएको दाबी गरेका छन्।

आधा शताब्दीअघि बरफ जमेको ठाउँहरू वा चिन्ह भएका ठाँउमा धेरै परिवर्तन भएको पाइएको छ । सन् २००० देखि बरफ पग्लिने गति बढेर एक तिहाइ भन्दा बढी आकार घटेको पाइएको बीबीसीले जनाएको छ । यो अनुसन्धान नेचर नामको जर्नलमा प्रकाशित भएको छ ।

अध्ययनले महाद्वीपबाट बरफ कम हुदै जानुले भविष्यमा विश्वभरको समुद्री सतह बढ्नमा सघाउ पुग्ने कुरामा जोड दिएको छ । यो अध्ययन अन्टार्कटिकाको तटवर्ती क्षेत्रको ७५ प्रतिशतमा रहेको बरफको ढिक्काको आकारमा केन्द्रित रहेको थियो ।

बरफका ती ढिक्का हिमनदीमा तैरिन पर्नेमा अहिले वरपरका महासागरमा धकेलिएका छन् । एडिनबर्ग युनिभर्सिटीको टोलीले गरेको अध्ययनले जलवायु परिवर्तनको असरले गर्दा अन्टार्कटिका महाद्वीपको पश्चिमबाट तातो पानी पस्न थालेको हुँदा बरफका ढिक्का पातलो हुँदै गएको निस्कर्ष निकालेको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com