Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

गठबन्धनलाई चुनाव जित्न समस्या छैन : प्रचण्ड

काठमाडौं २२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन्।

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताए। उम्मेदवारी दिने स्वतन्त्रता जो–कोहीलाई रहेको जनाउँदै अध्यक्ष प्रचण्डले फैसला जनताका हातमा रहेको बताए।

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार रहेकी छन्।
सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल हिजो नै चितवन पुगेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com