Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार आफ्ना सेनाले नष्ट गरेको रूसको दाबी

रूसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नष्ट गरेको दाबी गरेको छ।
रूसी सेनाले कालिब्र क्रुज मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रसियाको रक्षा मन्त्रालयले आक्रमणको क्रममा एन्टी-ट्याङ्क मिसाइल प्रणाली, पोर्टेबल एयर डिफेन्स सिस्टम र कीभलाई संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले उपलब्ध गराएको गोलाबारूद र मिसाइलहरूको ठूलो भण्डार नष्ट गरेको दाबी गरेको हो।

‘लामो दूरीको कालिब्र मिसाइलहरूले चोरतकिभ क्षेत्रको बस्ती नजिकैको ठूलो गोदामलाई् नष्ट गरेको छ,’ रुसी मेजर जनरल इगोर कोनासेन्कोभले भने।

यसैबीच, रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो वायु रक्षा बलले युक्रेनी युद्धक विमानहरू खसालेको बताएको छ।
मन्त्रालयका अनुसार रुसी सेनाले मिकोलायभ क्षेत्रमा एमआई जी– २९ विमान र खार्किभ क्षेत्रमा एउटा एसयु–२५ लडाकु विमान खसालेको थियो।

रुसी हमलासँगै अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराएका छन्। पछिल्लो समय रूसी फौजले युक्रेनका निश्चित क्षेत्रलाई निशाना बनाएको छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com