Yeti Khabar

२०८१ बैशाख २९, शनिबार - Sat May, 2024 -

नक्सालस्थित होटेल क्राउन प्लाजा पुगेकी एक युवतीको शंकास्पद मृत्यु

असोज,२६काठमाडौं । काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजा पुगेकी एक युवतीको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार चाबहिल घर भएकी ती युवतीको शंकास्पद मृत्यु भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको शरीरमा आगो लागेर मृत्यु भएको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराले जानकारी दिए । युवती बारा सिमराका केशव रिजालसँग २४ असोजमा होटलमा पुगेको खुलेको छ ।

रिजालले ती युवतीलाई जलेको अवस्थामै वीर अस्पताल पुर्‍याएका थिए । तर, त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल रेफर गरिएको थियो । उनको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । प्रहरीले अनुसन्धानको लागि रिजालसँगै होलटका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com