Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन

माघ, २७ काठमाडौं । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएको छ । अध्यक्ष गुरुङको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।

मुटुमा दुखाइ बढेपछि उनलाई हिजो जिल्ला सदरमुकाममा रहेको मेडिकलमा ल्याइएको थियो । मेडिकलबाट उपचार हुन नसकेपछि सोही दिन राति नै फिर्ता गरिएको प्रहरीले बताएको छ ।

आज बिहान फेरि मुटु दुखेपछि गुरूङलाई सरकारी गाडीमै सदरमुकाम ल्याइएको थियो । उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो । दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com