सुवास नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसोसम्म च्यासलमा राख्ने एमालेको निर्णय
भदौ,२६ काठमाडौं । संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमा राखिने भएको छ ।
आज बसेको सचिवालय बैठकबाट भोलि दिउँसोसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर एमाले मुख्यालयमा राख्ने निर्णय गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । यस्तै, अबका तीन दिनसम्म सबै कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने र आउँदो असोज २ गते श्रद्धाञ्जली सभा गर्ने निर्णय गरिएको उनले बताए ।